नियम ६७
बाल गृहको अनुगमन तथा निरीक्षण
(१) स्थानीय बाल अधिकार समितिले स्थानीय तहभित्र रहेका बालगृहको नियमित अनुगमन तथा निरीक्षण गर्नेछ ।
(२) मन्त्रालय, परिषद् र सम्बन्धित प्रदेशको प्रदेश बाल अधिकार समितिले कार्ययोजना बनाई आवश्यकता अनुसार बाल गृहको अनुगमन तथा आकस्मिक निरीक्षण गर्न सक्नेछन् ।
(३) उपनियम (१) र (२) बमोजिम अनुगमन तथा निरीक्षणको क्रममा सम्बन्धित बाल गृहले प्रचलित कानूनले तोकेको मापदण्ड पालना गरेको नदेखिएमा आवश्यक निर्देशन दिनु पर्नेछ र त्यस्ता बाल गृहभित्र प्रचलित कानून विपरीतको कार्य भएको पाइएमा सम्बन्धित निकायलाई कारबाहीको लागि सिफारिस गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको निर्देशनको पालना गर्नु सम्बन्धित बाल गृहको कर्तव्य हुनेछ।
(५) बाल गृहको अनुगमन तथा निरीक्षण गर्ने अधिकारीले अनुगमन तथा निरीक्षण प्रतिवेदन निजलाई खटाएको निकायमा पेश गर्नु पर्नेछ।